काठमाडौं । भारतको गङ्गा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेको छ । कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने जनाएको बीबीसीमा उल्लेख छ ।
स्थानीय बासिन्दाहरूसँग सोधपुछ गरेपछि ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने बताएको स्थानीय अधिकारी अशोक कुमारलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नुपरेको खबरहरु यसअघि नै आएका थिए । कतिपय शव अन्तिम संस्कारमा भएको समस्याले नदीमा बगाइएको हुन सक्ने र केही नदी किनारमा शव जलाउने क्रममा नजलिकन बगाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।
गङ्गा नदीको किनारमा शव जलाउने परम्पराअन्तर्गत ती त्यहाँ पुगेको हुनसक्ने एनडीटिभी च्यानलले उल्लेख गरेको छ।