logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव

    वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव

    1.6K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् । 

    सामाजिक सञ्जाल ट्ीटरमार्फत देशको संकट हल गर्न भन्दै डा. भट्टराईले चार विकल्प प्रस्तुत गरेका हुन् । जसमध्ये पहिलो विकल्प वर्तमानरपूर्व प्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार परेको छ । यस्तो सरकार संविधानको धारा ७६ (२) अनुसार बन्नुपर्ने भट्टराईको भनाइ छ।

    उनले ओली, देउवा, प्रचण्ड र आफूसमेत प्रधानमन्त्री नहुने गरी नयाँ विकल्प खोज्नुपर्ने प्रस्ताव अगाडि सारेका छन्। उनको दलका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव अहिलेसम्म प्रधानमन्त्री भएका छैनन्।

    उनले भनेका छन्,‘देशको संकट हल गर्न यसो गरौ: धारा ७६ (२) वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं। २. दलका प्रमुखरपूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाऔं। ३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, टिआरसी/मुद्दा, संविधान संशोधन, आर्थिक राहत ) लागू गरौं। ४.एक वर्षभित्र चुनाव गरौं।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend