logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै, गठबन्धन सरकार बन्ने सम्भावना कति ?

    नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै, गठबन्धन सरकार बन्ने सम्भावना कति ?

    2.1K
    Shares

    काठमाडौं । नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७२ घण्टाको समयसीमा आज सकिँदैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति नौ बजे राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनको लागि तीन दिनको अर्थात आज राति नौ बजेसम्मको समय दिएकी थिइन् ।

    तर, सरकार गठनको नेतृत्व गर्न अघि सरेको नेपाली कांग्रेसले बहुमत जुटाउन सकेको छैन । जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्ष काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा नदेखिँदा कांग्रेस अलमलमा परेको हो ।

    ३२ जना सांसद रहेको जसपा दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना कम हुँदै गएको हो । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा नजाने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पत्र लेखिसकेका छन् । तर अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले भने जसरी पनि केपी शर्मा ओलीलाई हटाउनुपर्ने भन्दै कांग्रेसलाई साथ दिने निर्णय गरेका छन् ।

    त्यस्तै नयाँ सरकार गठनमा एमालेको नेपाल पक्ष पनि निर्णायक भूमिकामा छ। नेपाल पक्षका सांसदहरुले राजीनामा दिएमा वैकल्पिक सरकार बन्ने सम्भावना बन्ने देखिन्छ। तर, नेपाल पक्षका सांसदहरुमा अझै पनि राजीनामा दिने वा नदिने दोधार स्थिती नै रहेको छ ।

    नेपाल पक्षले राजीनामा दिने हो भने बहुमत पुर्याउन कांग्रेसलाई सहज हुन्छ । अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend