logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ओली-नेपाल सहमति नजिक, तत्कालका लागि राजीनामा टर्‍यो 

    ओली-नेपाल सहमति नजिक, तत्कालका लागि राजीनामा टर्‍यो 

    1.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । 

    ओलीसँगकाे वार्ताबाट बाहिरिने क्रममा पत्रकारहरुसँगकाे कुराकानीमा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।

    नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा छलफल हुने भएपछि तत्कालका लागि राजीनामा राेकेर मिल्ने दिशामा अघि बढ्ने कुरा भएकाे छ ।’

    माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ ।

    पछिल्लाे समयमा ओली लचिलाे बनेका छन् । यसअघि फर्कन नसकिने उनकाे अडान थियाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend