काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त दललाई साँझ ९ बजेसम्म दाबी पेश गर्न आह्वान गरेपनि कसैको दावी नआएपछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ओलीले अब एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।