काठमाडौं । प्रधानमन्त्री नियुक्त भएका केही शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे २ बजेलाई तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई बिहीबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिएकी थिइन् ।
३ दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यद्यपी, तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ। प्रतिनिधि सभामा विश्वासको मत नपाए उनी पदमुक्त हुनेछन्।