काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण सुरु हुन लागेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रिमण्डलका सदस्यहरुले साढे २ बजेदेखि सपथ लिने कार्यक्रम रहेकाे छ ।
तत्कालका लागि पुरानै मन्त्री निरन्तरता दिने तयारीमा ओली रहेकाे बताइएकाे छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने बताइएकाे छ ।
गएकाे २७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेता भएर प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।