काठमाडाैं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच शुक्रवार भेटवार्ता हुने भएको छ ।
बिहीबारकाे बैठकमा निरन्तरता स्वरूप साँझ ६ बजे सिंहदरबारमा हुन लागेको भेटमा पार्टीका अन्य केही नेताहरूलाई पनि बोलाइएको स्राेतले जानकारी दिएकाे छ ।
ओली र नेपालबीच बिहीवार क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा ४ घण्टा लामो वार्ता भएको थियो । उक्त वार्तामा ओली-नेपाल दुवै २०७५ जेठ २ को पेरिफेरिमा पुगेर सहमति खोज्न तयार भएका थिए । त्यसलाई अन्तिम रूप दिन कार्यदल गठन गर्ने तयारी छ ।
कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरूलाई सिंहदरबार बोलाइएको स्रोतको दाबी छ । एमाले विवाद समाधानउन्मुख हुँदा माधव नेपालपक्षीय सांसदहरूको राजीनामा समेत टरेको छ ।