काठमाडाैं । एमाले विवाद समाधानका लागि दुवै पक्षका नेताहरुबीच सिंहदरबारमा वार्ता भइरहेको छ ।
एमालेकाे माधव पक्षले २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ति विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने एक नेताले जानकारी दिए ।
उनका अनुसार यही विषयमा अहिले छलफल भइरहेकाे छ ।
यसअघि दिउसाे माधव नेपालले ओलीसँगकाे छलफलमा २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई फर्काउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफूहरुको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए ।