काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । वार्तामा दाेस्राे तहका नेताहरु पनि सहभागि भएका थिए ।
नेकपा एमालेको विवाद २०७५ जेठ २ गतेको वरपर रहेर समाधान गर्ने सहमति भएको छ । दुवै पक्षबीचको वार्तामा उक्त सहमति भएको माधव नेपाल पक्षका नेता भीम रावलले जानकारी दिए ।
करिब पौने ३ घण्टा चलेको वार्तामा पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउनेबारे छलफल भएकाे थियाे ।