काठमाडौं । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपालबीच भएको सहमति अनुसार एमाले विवाद समाधानका लागि कार्यदल गठन गर्ने तयारी भएको छ । एमाले अध्यक्ष ओली र नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् ।
यद्यपि कार्यदल कति सदस्यीय रहने र त्यसमा को–को नेता रहने भन्ने टुंगो लागिसकेको छैन । आज पुन दुई नेताबीच छलफल गरेर कार्यदल बनाउने तयारी रहेको एक नेताले बताए । एमाले नेताहरुका अनुसार कार्यदललाई नेताहरुको जिम्मेवारी, संगठन संरचना र अन्य विवादित विषय समाधानको बाटो पहिल्याउने जिम्मा दिइने छ ।
शुक्रबारको बैठकमा २० जना भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए। शुक्रबार भएको सहमति अनुसा २०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने र त्यसका लागि कार्यदल बनाइने छ भने कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नेछन् ।