काठमाडौं। राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
आगामी जेठमा २२ देखि २५ सम्म आयोजना गरिएको महाधिवेशन कोरोनाका कारण स्थगित भएको हो।
राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।