काठमाडौं। जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले आज पार्टीको कुनै पनि बैठक नराखिएको बताएका छन्। ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै अर्का अध्यक्ष उपेन्द्र यादवले डाकेको बैठकप्रति अनविज्ञता प्रकट गर्दै पार्टीको कुनै बैठक आज नरहेको बताएका हुन्।
‘विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनी प्रसारित भइरहेका समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ।’ विज्ञप्तिमा ठाकुरले लेखेका छन्।
पार्टी कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएर छलफल गरिरहेका बेला ठाकुरले यस्तो विज्ञप्ति जारी गरेका हुन्।