काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ।
पार्टी विवाद समाधानका लागि ओली र नेपालबीच प्रधानमन्त्रीको कार्यकक्षमा सिंहदरबारमा वार्ता सुरु भएको हो।
दुई नेताबीचको भेटवार्तामा विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने दुवै नेता निकट स्रोतले बताएको छ ।
बैठकले कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई दिएको थियो।
नेताहरूले आ-आफ्नो तर्फबाट कार्यदलमा रहने सदस्यको नाम टुंगो लगाउने एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।