काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।
अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सिंहदरबारमा आज भएको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने सहमति भएको हो ।
वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।