काठमाडाैं । भारतमा पछिल्ला केही दिन यता दैनिक कोरोना संक्रमित भेटिनेको संख्या निरन्तर घटेको छ ।
केही दिनअघि सम्म एकै दिन चार लाखको हाराहारीमा संक्रमित भेटिने गरे पनि केही दिन यता यो संख्या ओरालो लागेको छ । निको भएर अस्पतालबाट घर फर्किनेको संख्या पनि उच्च भइरहेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतमा पछिल्लाे २४ घण्टामा २ लाख ८१ हजार ३८६ जना नयाँ संक्रमित फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ३ लाख ७८ हजार ७४१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अघिल्लाे दिन भारतमा ३ लाख ११ हजार भन्दा धेरै संक्रमित थपिएका थिए भने ४०७७ जनाकाे मृत्यु भएकाे थियाे। ३ लाख ६२ हजार संक्रमित निकाे भएर अस्पतालबाड डिस्चार्ज भएका थिए ।
अघिल्लाे दिनकाे तुलनामा पछिल्लाे २४ घण्टामा नयाँ संक्रमितकाे संख्या ह्वात्तै घटेकाे छ भने मृत्यु हुनेकाे संख्यामा पनि केही कमी आएकाे छ । अहिले भारतमा ३५ लाख १६ हजार ९९७ सक्रिय संक्रमित छन् ।