logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रधानमन्त्रीको शपथविरुद्धको रिट सर्वोच्चमा दर्ता, मन्त्रीहरुको नियुक्ति पनि बदर गर्न माग

    प्रधानमन्त्रीको शपथविरुद्धको रिट सर्वोच्चमा दर्ता, मन्त्रीहरुको नियुक्ति पनि बदर गर्न माग

    1.6K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण विवादित भएपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    वरिष्ठ अधिवक्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै रिट हालेका हुन् । रिट उपर मंगलबार सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।

    वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएर ‘त्यो पर्दैन’ भनेका थिए । 

    रिट निवेदकले यसअघिको सपथ बदर गरी पुनः सपथग्रहण गराउनुपर्ने माग गरेका छन् । यसैबीच संघीय संसदको सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै त्यसका विरुद्ध पनि सर्वोच्चमा रिट परेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend