२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

विपद्को बेला सरकारको उपस्थिति सराहनीय छ : पूर्ण बस्नेत

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले भिषण वर्षाका कारण मुलुकमा परेको विपद्का बेला सरकारको उपस्थिति सराहनीय रहेको बताएका छन् ।

बस्नेतले सरकारले विपद्का बारेमा गरेको सूचना सम्प्रेषण, विपद्पूर्वको तयारी र व्यवस्थापन तथा विपद्को बेला गरेको प्रयास, सक्रियता र तत्परता सकारात्मक रहेको टिप्पणी गरेका छन् ।

बस्नेतले भने, ‘विपद्को समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यका सबै स्रोत प्रयोग गर्ने कोसिस भयो । सरकारी निकायलाई उद्दार र राहतका लागि उच्च मनोबलका साथ खट्ने र खटाउने काम भयो । जनस्तरमै सरकारको कामको प्रशंसा भएको छ ।’

बाढी, पहिरो, डुबान र त्यसबाट उत्पन्न जोखिम र विपद् कायमै रहको भन्दै उनले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

भिषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै उनले खोज, उद्दार, राहत, पुनर्स्थापनाको काममा तदारुकताका साथ लाग्न सरकार, राजनीतिक दल, सहयोगी संघ, संस्था तथा व्यक्तिहरुमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट