२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

‘राज्य संयन्त्रको समन्वयमा उपलब्ध सिप, स्रोतसहित उद्धार तथा राहतमा रास्वपा सक्रिय छ’

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी, पहिरो, सडक अवरोध तथा विभिन्न दुर्घटनाहरूले जनजीवन प्रभावित बनाएको अवस्थामा पार्टीको गम्भीर सरोकार रहेको जनाएको छ ।

आइतबार एक विज्ञप्ति निकाल्दै रास्वपाले भनेको छ, ‘हाल देशका विभिन्न भागहरूमा, विशेषगरी मध्यम तथा पूर्वी भूभागमा, अत्यधिक वर्षाका कारण उत्पन्न बाढी, पहिरो, सडक अवरोध तथा विभिन्न दुर्घटनाहरूले जनजीवन प्रभावित बनाएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार रहेको छ।’

साथै, पार्टीका सबै संयन्त्रहरू राज्य संयन्त्रको समन्वयमा उपलब्ध सिप, स्रोत र जनशक्ति सहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा संलग्न रहेको रास्वपाले जनाएको छ ।

यसै सन्दर्भमा थप आवश्यक सक्रियता तथा राहत समन्वयका विषयमा केन्द्रित रहेर छलफल गर्न आज साँझ ७ बजे बृहत् भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।

बैठकसम्बन्धी विवरण निम्नानुसार छन्ः

१) नेपालभित्र तथा प्रवासमा रहेका सबै सदस्यहरूलाई यस बैठकमा सहभागी हुन आह्वान गरिएको छ।

२) आफ्नो तर्फबाट गर्न सकिने जिन्सी सामग्रीको सहयोग जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरीका सम्बन्धित युनिटहरूमा उपलब्ध गराउने/गराउने तयारीमा रहेका सदस्यहरूले सोको विवरण सहित बैठकमा सहभागी हुने।

३) आफूले वा आफ्नो समन्वयमा गर्न सकिने आर्थिक सहयोग नेपाल सरकारले तोकेको खातामा जम्मा गर्ने/गराउने र सोको विवरण सहित बैठकमा उपस्थित हुने।

४) RSP Rapid Action Team उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा संलग्न रहेको जानकारी गराउँदै, हालसम्मको वस्तुगत स्थिति तथा गतिविधिको संक्षिप्त प्रतिवेदन सहित बैठकमा उपस्थित हुने।

५) अझै पनि जोखिमको सूचीमा रहेका जिल्लाहरूमा आवश्यक सहयोगका प्रकार र प्राथमिकता पहिचान गरी सोको स्पष्ट विवरण सहित बैठकमा सहभागी हुने।

६) बैठक Zoom प्लेटफर्ममार्फत आयोजना हुनेछ र आवश्यक लिङ्क पार्टीका आधिकारिक समूहहरूमा आज साँझ ६ बजेसम्म उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट