२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौँ ल्याउँदै

आइतवार , आश्विन १९, २०८२

लुम्बिनी । नेपाल एयरलायन्सले अविरल बर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर उडानमार्फत काठमाडौँ ल्याउँदै छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौँ उड्ने तयारीमा छ । यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् ।

यसैगरी, बेलहिया, बुटवलमा पनि यात्रु रहेका छन् । ‘‘सडक अवरुद्ध छ । हवाई टिकट पाउन मुस्किल छ । यस किसिमको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलायन्सको चार्टर फ्लाइट उडाउन थालेका हौँ, यसबाट काठमाडौँ जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौँ” पाण्डेले भने ।

चार्टर फ्लाइटका लागि सो एयरलायन्सका प्रतिनिधि अरुण पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ । विपद्को समयमा सर्वसाधरण जनतालाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा–काठमाडौँ चार्टर उडान गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट