२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

प्रधानमन्त्री कार्कीले गरिन् परिषद्को बैठक आह्वान

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्नेगरि राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए ।

राष्ट्रिय परिषद्को बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढि पहिरोका कारण क्षति भएका संरचनाको पूनर्निमाण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगाएत बिषयमा महत्वपूर्ण निर्णय हुने उनले बताए ।

भट्टले अविरल बर्षापछिको बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता भएको र २४ जना घाइतेको उपचार भइरहेको जानकारी दिए । घाइतको प्रशासन कार्यालयको समन्वयमा निशुल्क उपचारका साथै पीडित परिवारलाई खाद्यान्न लगाएत अन्य व्यवस्था भइरहेको उनले बताए ।

भट्टले अझै पनि केहि स्थानमा खोज उद्दारको कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण बिबरण आउन बाँकी रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट