logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अबको ६ हप्ताभित्र विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने बाइडेनको घोषणा

    अबको ६ हप्ताभित्र विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने बाइडेनको घोषणा

    1.7K
    Shares

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी महिनाको अन्तिमसम्ममा विभिन्न मुलुकलाई कोरोनाविरूद्धको आठ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका छन् । 

    यस अघि नै ६ करोड खोप अरू मुलुकलाई दिने बताएका बाइडेनले सोमबार ह्वाइट हाउसमा थप दुई करोड डोज खोप पनि दिने घोषणा गरेका हुन् । अबको ६ हप्तामा ८ करोड डोज खोप उपलब्ध गराउने बताएपनि कुन कुन मुलुकले पाउने भन्नेबारे केही दिनमा घोषणा गरिने ह्वाइट हाउसले जनाएको छ । 

    ुह्वाइट हाउसमा बाइडेनले भने, ‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ, ‘जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’  

    बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने बताए।

    अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्डरअष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन। अमेरिकाले यसअघि अक्सफोर्डरअष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend