२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

पार्टीको नीति, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्ध गर्छौं : जसपा नेपाल

सोमवार , आश्विन २०, २०८२

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, कार्यक्रम, विचार, सिद्धान्त र संगठनमा युवा पुस्तालाई आबद्धता गर्ने भएको छ । पार्टीले विशेष कार्यक्रम र कार्यनीति तय गर्दै युवा पुस्तालाई आवद्ध गर्ने कार्यलाई कार्यान्वयन गर्न मातहत पार्टी समितिलाई परिपत्र जारी गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

जसपा नेपालले भनेको छ, ‘जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका माग र मुद्दाहरु जसपा नेपालले पहिलादेखि नै उठाउँदै आएको धेरैजसो माग र मुद्दासँग मिल्दोजुल्दो नै छ । युवा पुस्ताहरुसँग सहकार्य गर्दै, उनीहरुलाई प्रोत्साहन र समावेशीकरण गर्दै अगाडि बढ्ने पार्टीको नीति रहेको छ ।’

आजका युवा नेतृत्व वर्गलाई राजनीतिक रुपले प्रशिक्षित, सिर्जनात्मक र चेतनशील बनाई संगठित गरी नेतृत्वदायी भूमिका खेल्न सहयोग र प्रोत्साहन गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट