२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

इलामको पहिरो प्रभावितका लागि राहत प्याकेजबारे सुहाङले गरे गृहमन्त्री र ऊर्जामन्त्रीसँग छलफल

सोमवार , आश्विन २०, २०८२

काठमाडौँ । एमालेका युवा नेता सुहाङ नेम्वाङले इलाम पहिरो प्रभावितका लागि राहत प्याकेजबारे गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग छलफल गरेका छन् ।

सोमबार सुहाङले ऊर्जामन्त्री घिसिङलाई भेटेर विशेष गरी इलाममा भएको क्षति तथा राहत र पुनर्स्थापनाबारे छलफल गरेका हुन् ।

अविरल वर्षापछि इलाम लगायतका जिल्लामा भएको जनधनको क्षति, राहत तथा पुनर्स्थापनाबारे उनले मन्त्रीहरुसँग सिंहदरबार पुगेर छलफल गरेका हुन् ।

भदौ १८ र १९ गतेको अविरल वर्षापछि इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । साथै केही अझै बेपत्ता छन् ।

त्यस्तै, देशैभर बाढी र पहिरोका कारण सडक भत्किएर अवरुद्ध बनेका छन् । विद्युत् आपूर्ति र सञ्चार सेवामा समेत अवरोध उत्पन्न भएको छ ।

इलाम–२ का निवर्तमान सांसदसमेत रहेका नेम्वाङले दुई मन्त्रीसहित विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई पनि भेटेर इलाम पहिरोले निम्त्याएको संकट, राहत तथा पुनःस्थापनाको योजनाबारे पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट