२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

प्रधानमन्त्रीको आह्वानमा विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा बस्दै छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा हालैको बाढीपहिरोबाट आइपरेको विपत्तीबारे समीक्षा र राहत, उद्धार तथा पुनःस्थापनासम्बन्धी ९ एजेण्डामाथि छलफल हुनेछ।

बैठकमा पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक र अत्यावश्यक सेवा सञ्चालन गर्ने, मृतक तथा बेपत्ता परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति दिने, महामारी नियन्त्रण र अस्थायी आवास निर्माण गर्ने विषयमा निर्णय हुने प्राधिकरणले जनाएको छ।

असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा ६० जनाको मृत्यु भएको थियो। सबैभन्दा बढी क्षति इलाममा पुगेको छ।

बैठकमा अर्थ, ऊर्जा, गृह, उद्योग, शिक्षा, कृषि र सञ्चार मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रमुख सचिव, प्रधानसेनापति र विज्ञ सदस्यहरू सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट