२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

आगामी निर्वाचनबारे प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच आज छलफल हुने

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने भएको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच आज (मंगलबार) छलफल हुने भएको हो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगका पदाधिकारीको टोली र प्रधानमन्त्री कार्कीबीचमा मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुनेछ ।

तत्कालिन प्रतिनिधिसभा विघटन भएसँगै गठित अन्तरिम सरकारले आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट