काठमाडौं । सरकारले हालैको भारी वर्षाका कारण देशैभर आएको बाढीपहिरोबाट घर गुमाएकाहरुलाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै, सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम उपलब्ध गराउने भएको छ । सरकारले अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।


प्रतिक्रिया दिनुहोस