२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

हामी हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ, हामीलाई फुटाउने प्रयास नगरियोस् : सुदन गुरूङ

मंगलवार , आश्विन २१, २०८२

माठमाडौं । जेनजी अभियानता सुदन गुरूङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

उनले जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन् ।

उनले आपराधिक गतिविधि गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्ने बताउँदै आफ्नो आन्दोलन सधैं शान्तिपूर्ण हुने बताएका छन् ।

त्यस्तै, उनले जनता जागिसकेको भन्दै फुटाउने प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।

उनले राजनीतिक दलहरूलाई अहिले राजनीतिक षड्यन्त्र गर्ने र गराउने समय नभएको खबरदारी गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट