काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
सरकारले संसदको बजेट अधिवेशन बोलाउन ढिलाइ गरिरहेको समयमा प्रतिपक्षी दलले संसदीय दलको कार्यसमिति बैठक बोलाएको हो ।