logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • दुई डोज खोप लगाएका मुटु रोग विशेषज्ञको कोरोनाबाट मुत्यु

    दुई डोज खोप लगाएका मुटु रोग विशेषज्ञको कोरोनाबाट मुत्यु

    2.6K
    Shares

    काठमाडौं।  भारतको पद्यश्री बाट सम्मानित भएका चर्चित ह्दय रोग विशेषज्ञ डा. के.के. अग्रवालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । डा. अग्रवालले दुई डोज कोरोना खोप लिएका थिए ।

    इन्डियन मेडिकल एसोसियशनका पुर्व राष्ट्रिय अध्यक्ष ६२ वर्षीय अग्रवालको हप्तादिन अगाडीदेखि एम्स अस्पतालमा उपचार भैरहेको वेबदुनियाले जनाएको छ । कोभिड–१९ को लामो लडाई पछि सोमबार राती ११ बजे उनले धर्तीमा अन्तिम सास लिएका थिए ।

    कोरोना महामारीको क्रममा अग्रवाल मानिसहरुलाई जनचेतना फैलाउन लगातार प्रयासरत थिए । अग्रवालले तयार पारेका केही भिडियो तथा शैक्षिक कार्यक्रम करीब १० करोड मानिसहरुमा पुग्यो र धेरै मानिसको ज्यान जोगियो । तर, विडम्बना उनकै ज्यान जोगिएन् । -एजेन्सी 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend