logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • प्रधानमन्त्रीले पुन: शपथ लिनु नपर्ने, सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीले पुन: शपथ लिनु नपर्ने, सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

    1.6K
    Shares

    काठमाडाैं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । 

    शपथसम्बन्धी रिटमा अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको हाे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

    वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै रिट हालेका थिए । सर्वोच्च प्रशासनले मंगलबार सुनुवाई गर्ने गरी सोमबार रिट दर्ता गरेको थियो ।

    प्रधानमन्त्रीले वैशाख ३१ गते सपथग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द छुटाएको र ‘त्यो पर्दैन भनेको विषय संविधान विपरित भएकाे भनी सपथ बदर गर्न माग गरिएकाे थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend