logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • तीन वर्षपछि फेरि प्रकाशित हुन थाल्याे एमालेकाे राजनीतिक पत्रिका नवयुग 

    तीन वर्षपछि फेरि प्रकाशित हुन थाल्याे एमालेकाे राजनीतिक पत्रिका नवयुग 

    2.2K
    Shares

    काठमाडौँ । नेकपा (एमाले)को राजनीतिक पत्रिका नवयुग पुनः प्रकाशन सुरू भएको छ । 

    नेकपा माओवादी केन्द्रसँग एकताको प्रक्रियामा गएपछि बन्द भएको पत्रिका एकता पूरा नभइ भंग भएपछि पत्रिका नवयुग पुनः प्रकाशित सुरु भएकाे हाे । याे पत्रिका एमालेको केन्द्रीय प्रचार विभागले प्रकाशन गर्ने गरेकाे छ ।

    एमाले प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नवयुग पुनः प्रकाशित  लागेको र सो को प्रधान सम्पादकमा प्रदीप ज्ञवाली र सम्पादक सूर्य थापा रहने जानकारी दिएका हुन् ।

    ३० वर्षदेखि प्रकाशन भइरहेकाे नवयुगको चैत-वैशाख अंकमा २०७७ फागुन २३ को सर्वोच्च अदालको फैसलापछि विकसित राजनीतिक घटनाक्रम, संस्थागत निर्णय, विगत तीन बर्षका संग्रहणीय दस्तावेज र महत्त्वपूर्ण सामग्री प्रकाशन भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend