logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • माैका पाए जसपाकाे नेतृत्वमा सरकार बनाउने उपेन्द्र र महन्थबीच सहमति 

    माैका पाए जसपाकाे नेतृत्वमा सरकार बनाउने उपेन्द्र र महन्थबीच सहमति 

    1.9K
    Shares

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)मा पुन: नयाँ माेड आएकाे छ । विभाजनको संघारमा जसपाका २ अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त वक्तव्य जारी गरी पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् ।

    विज्ञप्ति मार्फत आफ्नो पार्टी तत्काल सरकारमा सहभागी नहुने पनि उनीहरुले बताएका छन् । ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुनेछैन, जसपा नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत् रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    आफ्नै नेतृत्वमा सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सरकारमा सहभागी हुने जसपाले उल्लेख गरेको छ । २७ वैशाखमा संसद्‌मा विश्वासको मतमा मतदान हुँदा ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षका १५ सांसदले विपक्षमा मत दिएका थिए ।

    पार्टीको आन्तरिक विवादबारे गैरजिम्मेवार र गैरराजनीतिक अभिव्यक्ति नदिन पनि अध्यक्षद्वयले निर्देशन दिएका छन् । 

    Samajbadi 1.jpg

    Samajbadi 2.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend