logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • ‘होम आइसोलेसन’बाटै सक्रिय गण्डकीका मुख्यमन्त्री, मन्त्रिपरिषद् विस्तारको तयारी

    ‘होम आइसोलेसन’बाटै सक्रिय गण्डकीका मुख्यमन्त्री, मन्त्रिपरिषद् विस्तारको तयारी

    2.8K
    Shares

    काठमाडौं । राजीनामा पछि पुनर्नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका गुरुङको स्वास्थ्यमा सुधार आएसँगै उनले पूर्वमन्त्रीद्वय किरण गुरुङ, रामशरण बस्नेत र नेकपा एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारीसँग मन्त्रिपरिषद् विस्तारबारे निवासमै छलफल गरेका थिए ।

    सोही छलफल अनुसार आज तीन जनासम्म मन्त्रि नियुक्त गर्न सक्ने गुरुङको सचिवालय स्रोतले जनाएको छ । बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी रहेको छ । 

    स्रोतका अनुसार मुख्यमन्त्री गुरुङले भौतिक तथा विकास मन्त्रालय र अर्थमन्त्रालय भने विस्तार गरेर बजेट, नीति तथा कार्यक्रम ल्याउने पक्का भएको छ । यसअघि भौतिक विकास मन्त्रालय रामशरण बस्नेत र अर्थमन्त्रालय किरण गुरुङले सम्हाल्दै आएका थिए ।

    कोरोना पोजेटिभ रहेरै दोस्रो कार्यकालको सपथ लिएका मुख्यमन्त्री गुरूङले २९ गते नै क्याबिनेट गठन गर्न चाहे पनि स्वास्थ्यका कारणले पछिलाई धकेलेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend