२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । अन्तरिम सरकारको क्रियाकलापप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘यो सरकारले जे क्रियाकलाप गर्दैछ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । केही कुरामा हाम्रो आपत्ति छ । मुलुकलाई विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो । त्यसका लागि सबै दलहरुलाई एकसाथ लिएर अगाडि बढ्नुपर्ने थियो,’उनले भने ।

उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक मूठभेडतिर लैजान उद्यत भएको बताए ।

‘एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने, गृहमन्त्रीको दबाबमा । अर्कोतिर शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद रोक्ने कुराहरूले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्धत छ,’उनले भने ।

उनले जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने बताए ।  भदौ २४ गते लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट