२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

डोटी दुर्घटनामा एकको घटनास्थलमै मृत्यु, ६ बालबालिकासहित २१ घाइते

शनिवार , आश्विन २५, २०८२

डोटी। डोटीमा यात्रुवाहक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। अछामबाट धनगढी आइरहेको सुपप्र०१–००१ ख ३९५६ नम्बरको गाडी आज बिहान भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परेर ६ बालबालिकासहित २१ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि धनगढी पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट