काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएकाहरुले विरोध जनाएका छन् ।उनीहरूले आफूहरूलाई छलफलबाट बाहिर राखिएको भन्दै नाराबाजी गरेका हुन्।
वार्ता टोलीका रूपमा रहेका जेनजी युवाहरूलाई सहभागी नगराई सुदन गुरुङ नेतृत्वको समूह मात्र शीतल निवासभित्र प्रवेश भएपछि बाहिर रहेका अन्य सदस्यहरूले आपत्ति जनाएका हुन्।
उनीहरूले आफूहरूलाई पनि छलफलमा प्रवेश दिन माग गरिरहेका छन्। स्थिति व्यवस्थापनका लागि प्रहरी टोली परिचालन गरिएको छ र उपस्थित युवाहरूलाई सम्झाउने प्रयास जारी राखिएको छ।
प्रतिक्रिया दिनुहोस