२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

गैरआवासीय नेपाली संघले मनायो २२औं स्थापना दिवस

शनिवार , आश्विन २५, २०८२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ।

शनिबार बिहान आयोजित कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरे ।

सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरुका बिचमा एकताको आवश्यकता रहेको बताए। त्यसकालागि प्रयासहरू भइरहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले गत भदौ २३-२४ को जेनजी आन्दोलनले देशमा व्यापक क्षति पुगेको बताउदै राष्ट्र पुनर्निर्माणमा एकजुट हुन आह्वान गरे ।

कार्यक्रममा एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले सबैले ब्यक्तिगत हठ त्यागेर एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए।

उपाध्यक्ष विश्वासदीप तिगेलाले अहिलेको सन्दर्भमा एनआरएनको भूमिका झनै बढेर गएकाले एकता गरेर नेपाल र नेपालीको समृद्धिमा जोडिन आग्रह गरे।

संघका कोषाध्यक्ष ठाकुर ढुंगानाले जेनजी आन्दोलन पछि एनआरएनएले पुनर्निर्माणको काम जारी राखेको जानकारी गराउदै बग्गीखानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।

"एक पटकको नेपाली सधैंको नेपाली" भन्ने मूल मर्म अनुरुप सन् २००३ अक्टोबर ११ तारिखमा स्थापना गरिएको एनआरएनका ८० भन्दा बढी मुलुकमा शाखा हरु रहेका छन् ।

संघले एनआरएन दिवसकै अवसरमा शनिबार नै बग्गीखानमा चियापान कार्यक्रम आयोजान गरेको छ। यसैगरी शनिबार साँझ पशुपतिस्थित आरतीस्थलमा दीप प्रज्वलनको पनि कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट