२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयबाट आजदेखि सेवा सुरु

शनिवार , आश्विन २५, २०८२

जनकपुरधाम । जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयका भौतिक संरचनामा क्षति भएपछि सेवा बन्द भएकामा आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाह सुरु गरिएको छ ।

भौतिक सामग्रीको खरिद, मर्मतसम्भार, सरसफाइ तथा रङगरोगन गरी कार्यालय नियमित रूपमा सञ्चालन गरिएको सो कार्यालयले जनाएको छ ।

गत भदौ २३ तथा २४ गतेको जेनजीको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । भदौ २४ गतेको आगजनी तथा तोडफोडका कारण करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पति जलेर नष्ट भएका कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए ।

उनका अनुसार उक्त प्रदर्शनका क्रममा कार्यालय हाताभित्र रहेका चारपाग्रे दुई वटा सवारी तथा पाँच वटा मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टिकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका छन् ।

क्षतिग्रस्त कार्यालय मर्मतसम्भार गरिएपछि विस्तारै सेवा सुरु गरिएको कार्यालय प्रमुख गुप्ताले बताए । उनका अनुसार सेवाग्राही पनि राजस्व बुझाउन आउन थालेका छन् ।

यसैबीच सात वर्षपछि आर्थिक वर्ष २०८१–८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । कार्यालय प्रमुख गुप्ताका अनुसार आव २०८१–८२ मा वार्षिक लक्ष्य रु चार अर्ब ८८ करोड ६८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब ९० करोड ४३ लाख सङ्कलन भएको हो ।

लामो समयदेखि राजस्व नतिर्ने एक सय २५ व्यावसायिक फार्मलाई कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार हालसम्म कारबाहीमा परेकामध्ये १० वटा व्यावसायिक फार्मबाट रु चार करोड ३० लाख राजस्व सङ्कलन भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट