काठमाडौं । बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनको क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आज झापा जाँदैछन् । असोज १८ र १९ गतेको अविरल वर्षापछि आएका बाढी, पहिरो र डुबानले कोशी प्रदेशका जिल्लामा पुर्याएको क्षति अवलोकन गर्ने क्रममा उनी इलामपछि झापा जान लागेका हुन् ।
मन्त्री घिसिङले यसअघि इलामका संकटग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरिसकेका छन् । मन्त्री घिसिङ आज झापाका प्रभावित बस्तीहरू अवलोकन गर्न जाने कार्यक्रम रहेको मन्त्रीका सचिवालयले जनाएको छ ।
झापाको कन्काई र बिरिङ खोलामा आएको बाढी बस्तीमा पसेपछि झापा गाउँपालिका लगायतका क्षेत्र गम्भीर रूपमा प्रभावित भएका छन् । स्थानीय पूर्वाधार, आवास, कृषि तथा सडक सञ्जालमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
मन्त्री घिसिङले प्रभावित क्षेत्रको अवस्थाबारे स्थानीय प्रशासन, राहत समन्वय समिती तथा जनप्रतिनिधिसँग छलफल गर्ने र अवलोकनपछि आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस