२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

हमासको नियन्त्रणमा रहेका जीवित बन्धक सूचीमा नेपाली बिपिन जोशी पनि

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको पुष्टि हुने नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको थियो।

इजरायली मिडिया टाइम्स अफ इजरायल, एपीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको २२ जना जीवित बन्धकको सूचिमा बिपिन जोशीलाई पनि समावेश गरिएको छ। मृतक २६ बन्धकमध्ये एक सन् २०१४ मा मारिएका इजरायली सैनिकको शवसमेत सूचिमा रहेको उल्लेख गरिएको छ।

शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्षे युद्ध अन्त्यतर्फ अग्रसर भएको छ। उक्त आक्रमणमा करिब १,२०० जना मारिएका थिए र २५१ जनालाई अपहरण गरिएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा हालसम्म ६७ हजार प्यालेस्टिनीको मृत्यु भइसकेको छ । इजरायली कारबाहीमा ज्यान गुमाउनेमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेका छन्। गाजाको करिब २० लाख जनसंख्याको ९० प्रतिशत विस्थापित भएका छन्।

२५१ अपहरणमध्ये हाल गाजामा ४८ बन्धक जीवित रहेको इजरायलले जनाएको छ भने २५ को मृत्यु पुष्टि भएको छ। युद्धविरामपछि सोमबारदेखि बन्धक मुक्त हुने प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारीसमेत गरेको छ। जीवित ठानिएका २२ बन्धकमध्ये बिपिनको मुक्तिको आशामा नेपाल प्रतीक्षारत छ।

बिपिन जोशी आक्रमणभन्दा एक महिना अघि मात्रै नेपालबाट इजरायल पुगेका थिए। उनी गाजामा बाँकी रहेका एकमात्र गैर–इजरायली बन्धक हुन्। किबुट्ज अलुमिमस्थित कृषि अध्ययन कार्यक्रमअन्तर्गत उनी त्यहाँ काम र प्रशिक्षणमा थिए। सो क्षेत्रमा रहेका १७ नेपाली विद्यार्थीमध्ये १० जनाको आक्रमणमा मृत्यु भएको थियो। बम आश्रयस्थलमा लुकेका बिपिनले ग्रेनेड फ्याँक्दै धेरैलाई बचाएका थिए, तर आफैं घाइते भई अपहरणमा परेका थिए।

हालै उनको परिवारले इजरायली सेनाले फेला पारेको भिडियो सार्वजनिक गरेको थियो। भिडियोमा उनले आफू नेपाली नागरिक बिपिन जोशी भएको बताउँदै कृषि फार्ममा काम गरिरहेको देखिन्छ। उक्त भिडियो २०२३ नोभेम्बरको भएको अनुमान गरिएको परिवारको दाबी छ।

उनकी बहिनी पुष्पा जोशी र आमा पद्मा जोशी बिपिनको रिहाइको माग गर्दै इस्रायलसम्म पुगेका थिए। परिवारले अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्दै उनको सुरक्षित फिर्तीका लागि पहल गर्न आग्रह गरेका छन्।

जीवित सूचिमा बिपिनसँगै रहेका अन्य बन्धकमध्ये गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ(दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ(चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्। एजन्सीको सहयोगमा।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट