२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्किने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को २२औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ र भाषा साहित्य समितिको सहकार्यमा यहाँ आयोजित ‘साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रममा साहित्यिक गोष्ठी तथा बहुभाषिक सिर्जना’ वाचन कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले नेपालका सबै भाषाको प्रतिनिधित्वसहित गरिएको सिर्जना वाचनले नेपाली समाजको मौलिक अनुहार प्रतिबिम्बित भएको बताए । उनले संसारभरि छरिएर रहेका नेपालीले आफ्नो भाषा, साहित्य र संस्कृतिलाई विस्तारित गरेको उल्लेख गरे ।

“यसबाट बहुभाषिक देश नेपाललाई समान रूपमा समृद्ध बनाउन सकिन्छ”, कुलपति राईले भने। प्रज्ञा–प्रतिष्ठानको संरचना विगतको जस्तो एकल भाषी नभई बहुभाषिक प्राज्ञिक केन्द्रको रूपमा अघि बढेको उनको भनाइ थियोे ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले नेपाली भाषा र साहित्यको विकासमा गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्दै अघि बढ्न सकिने बताए । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले मुलुक चलाउन नेपालमा बोलिने सबै तहतप्का र समुदायका भाषालाई प्रवद्र्धन गर्दै राज्यले समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीका सन्तानलाई नेपाली भाषा, साहित्य, संस्कृतिप्रति आकर्षित गर्दै आफ्नो मौलिकताको संरक्षण गर्नुपर्ने बताए । भाषा जोगाएनौँ, संस्कृति बचाएनौँ र साहित्य सिर्जना गरेनौँ भने सभ्यता तथा इतिहास नामेट हुने खतरा रहने उनको भनाइ थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व महासचिव जानकी गुरुङले आफूहरू जहाँ रहे पनि नेपालप्रतिको अगाध स्नेह, माया र ममतामा कुनै कमी नआउने बताए । नेपाली भाषा प्रवासमा रहेका नेपालीका सन्तानलाई समयमै सिकाएर आफ्नो मातृभाषा जोगाउन सके मात्रै पहिचान बाँच्ने उनले बताए।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेशकुमार श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घकी महिला संयोजक रश्मीकाली थापा, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा भाषा, साहित्य समितिका संयोजक विश्वासदीप तिगेला, एनआरएनए भाषा साहित्य समितिका सदस्य कथा कवि अमित थेबेलगायतले नेपाल बहुभाषिक देश भएकाले सबै भाषाको उत्तिकै समान हैसियत कायम गर्न बहुभाषिक सिर्जना वाचन महत्त्वपूर्ण हुने बताए ।

बहुभाषिक सिर्जना वाचन कार्यक्रममा नेपाली भाषा, विभिन्न मातृभाषा र अङग्रेजी भाषामा गरी ५९ कविले आफ्ना कविता वाचन गरेका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले नेपाली भाषा र अर्का प्राज्ञसभा सदस्य जनक रसिकले डोट्याली भाषामा कविता वाचन गरेका थिए। कविगोष्ठीमा प्रा डा गोविन्दमान सिंह कार्की, विश्वासदीप तिगेला, मनोज न्यौपाने, स्वप्निल स्मृति, रमेश पौडेल, विमला तुम्खेवा, सन्ध्या पहाडी, मणिराज सिंह, देवेन्द्र सुर्केली, अमित थेबे, जनार्दन अधिकारी धड्कन, तीर्थराज भट्ट, सङ्गीता काली, मिथोच सुनुवार, विशाल नाल्बो, मिमबहादुर परियार, सोझो गाउँले, निरन्ती तुम्बापोलगायतले नेपाली भाषामा आ–आफ्ना कविता वाचन गरेका थिए ।

मातृभाषाका कवि अञ्जु राजवंशी, ओमकृष्ण श्रेष्ठ, जगत् वशिष्ठ, गणेश वाम्बुले राई, डम्बर थामी, निशेष आङ्देम्बे, पदम बालाहाङ राई, पेम्बा गेलु शेर्पा, भूमिका थारु, राकेशबहादुर बुढा मगर, आलोक तिवारी, शर्मिला राना थारु, शोभा सुनुवार, रचना मोक्तान तामाङ, स्नेहा झा, मनु ठाडा मगर, रितेश त्रिपाठी, प्रगति राई, विमला गुरुङ, प्रकृति थारू, शिलाखा वाम्बुले राई, निरा श्रेष्ठलगायतले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट