२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

जेनजी आन्दोलनका क्रममा लुटिएका ३०३ राइफल फेला

आइतवार , आश्विन २६, २०८२

झापा । झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ ।

उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट