२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

बालेन र सुदन गुरुङविरुद्ध नेविसंघले दियो उजुरी

आइतवार , आश्विन २६, २०८२

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रहरीमा उजुरी दिएको छ ।

नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो । गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धान गर्नुपर्ने नेविसंघको माग छ ।

विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।

उजुरी दिनेमा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट