२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

नर्सरी व्यवसायी संघले असोज २८ गतदेखि तेश्रो तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज २८ गतदेखि काठमाडौंमा तेश्रो तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ ।

संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २८ देखि कार्तिक १ गतेसम्म तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ काठमाडौंको भृकुटिमण्डपमा तिहार फ्लोरा एक्स्पो आयोजना गर्न लागेको जनाएको हो ।

उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहने मेलाका संयोजक तथा संघका उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् । मेलामा विभिन्न प्रजातीका फूल तथा नफुल्ने आलंकारिक फूलका विरुवालगायत कृषि तथा जडिबट्टी नर्सरी र फलफूलका नर्सरीबाट उत्पादित बोटविरुवाहरू प्रदर्शनी तथा बिक्रीमा राखिने उनले बताइन् ।

मेलामा ६२ वटा व्यवसायिक स्टल रहने बताइएको छ । साथै, मेलामा मलखाद, अर्घानिक एवं रसायनिक बिषाधी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने उनले बताइन् ।

त्यस्तै व्यवसायीहरुको क्षमता बिकासका लागि स्वस्थ प्रतिष्पर्धा गराइ व्यवसायीहरुको हौसला बढाउन शिल्ड तथा नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । उक्त मेलामा कम्तीमा ३५ हजारले अवलोकन गर्ने र ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने संघको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट