२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

त्रिविको कीर्तिपुरबाहेक बाहिर पनि मिचिएको जग्गा भेटियो, कहाँ कति जग्गा मिचिएको छ (विवरण सहित)

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर परिसरबाहेक अन्य स्थानमा पनि विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा पहिचान भएको छ। जग्गा खोजबिन समितिले प्रारम्भिक अध्ययनमा काठमाडौं, स्वयम्भू र सिन्धुपाल्चोकसहित विभिन्न स्थानमा रहेको जग्गाबारे थप तथ्यांक संकलन आवश्यक रहेको निष्कर्ष निकालेको छ।

समितिका अनुसार विश्वविद्यालय स्थापनाकालदेखि नै स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–११ (साविक वडा नं.१) मा कित्ता नम्बर ४०२ को १० रोपनी १३ आना ३ पैसा जग्गा रहेको देखिएको छ।

यस्तै महानगरपालिका वडा नं. ११ कै कित्ता नम्बर १२७० को ७ रोपनी १५ आना ३ पैसा जग्गा २०३२ चैत २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिविलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ। सो जग्गा शिक्षा मन्त्रालयमार्फत सरकारी क्वार्टरसहित उपलब्ध गराइएको हो। सरकारले सो सम्पत्ति बिक्री वा नामसारी गर्न नपाइने शर्त राखेको समितिले जनाएको छ।

उक्त जग्गा नेपाल सरकारकै नाममा लालपूर्जा भएको र २०७५ असोज २८ गतेको निर्णयअनुसार नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरिएको समितिको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, काठमाडौं महानगरपालिका–२३ मा कित्ता नम्बर ३४८ को ४ आना १ पैसा क्षेत्रफलसहितको पुरानो सम्पदा भवन ललितकला क्याम्पसले प्रयोग गर्दै आएको छ। उक्त जग्गा त्रिविको केन्द्रीय हित शाखाको नाममा दर्ता रहेको समितिको भनाइ छ।

स्वयम्भूस्थित विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको विज्ञान संग्रहालय पनि त्रिविको स्वामित्वमा रहेको सम्पत्तिमध्ये पर्छ। वि.सं. २०३२ सालमा स्थापना गरिएको सो संस्थाले आनन्दकुटी विद्यापीठमार्फत विज्ञान कार्यक्रम सञ्चालन गर्दै आएको थियो। हालसम्म घेराबारसहित २१ रोपनी १ आना जग्गामा तीनवटा भवन र दुईवटा टहरासमेत रहेको समितिले जनाएको छ।

यस्तै, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–५ मा कित्ता नम्बर ५५१ को ४ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गासमेत समिति द्वारा पहिचान गरिएको छ।

समितिले ती सम्पत्ति मध्ये धेरै ठाउँको प्रत्यक्ष भौतिक अध्ययन पूरा गर्न नसकिएको स्वीकार गर्दै समय अभावका कारण थप अनुगमन र अभिलेख परीक्षण आवश्यक रहेको निष्कर्ष प्रतिवेदनमार्फत दिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट