२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

पूर्वउपराष्ट्रपति पुन र उनका छोरामाथि सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गर्दै

सोमवार , आश्विन २७, २०८२

काठमाडौं। विद्युतीय चुरोट (भेप) मार्फत सुन लुकाएर तस्करी गर्ने प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यसै प्रकरणमा पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। महरामा चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप छ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार, रोल्पाको राङ्सी घर भएका पूर्वउपराष्ट्रपति पुन पनि विवादमा परेको देखिँदा उनीमाथि अनुसन्धान अघि बढाइएको छ। दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले हुम्लाबासी भएको कागजात बनाइ सीमा पार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए। त्यसपछि हुम्ला–चीन सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग चार किलो सुन बुझेको समाचार बाहिर आएको थियो। सुनको भुक्तानी र सावाँ–ब्याज नदिएपछि प्रकरण सार्वजनिक भएको थियो।

पुनका कान्छा छोरा दीपेश पनि सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका छन्। २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ल्याइएको ६१ किलो सुन प्रकरणमा दीपेशको संलग्नता देखिएको छ। जाँचबुझ आयोगले उनको संलग्नता किटान गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो।

पूर्वउपराष्ट्रपति पुनको सचिवालयमा वैदेशिक मामिला विज्ञ पदमा नियुक्त जीवनकुमार गुरुङ २०८० साल फागुनमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए।

सुन तस्करी प्रकरणमा पुनका आफन्त अमला रोका पनि मुछिएकी थिइन्। ठमेलस्थित ‘होटल भियना’ सञ्चालन गरेकी रोका गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन्।

यसरी पुनका छोराहरू, आफन्त र सचिवालयका सदस्यहरू समेत प्रकरणमा मुछिएका र उनको चिनियाँ टोलीसँग शंकास्पद सम्बन्ध रहेको देखिँदा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट