२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

उदयपुरमा टयाक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु

सोमवार , आश्विन २७, २०८२

कटारी (उदयपुर) । उदयपुरमा टयाक्टरको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१ त २५६४ नम्बरको टयाक्टरले ठक्करदिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टयाक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी घट्नापछि फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीले टयाक्टर धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट