२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई कोशी सरकारले दियो राहत

बिहिवार , आश्विन ३०, २०८२

झापा । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरुप रु ३४ लाख ५० हजार वितरण गरेको छ ।

प्रदेश सरकारले बाढीपहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो ।

आन्तरिक मालिम तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार राहतस्वरुप इलाममा वितरण गरिएको छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो ।

सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपद्बाट भएको खोज–अनुसन्धान तथा राहत वितरणसम्बन्धी २०७६ को दफा ९ बमोजिम विपदमा परेको जिल्लामा राहत वितरण गरेको उनले बताए ।

विपद् शाखा प्रमुख भट्टराईले पाँचथरमा रु चार लाख ५० हजार, भोजपुरमा रु एक लाख, उदयपुरमा रु दुई लाख, खोटाङमा रु एक लाख, झापामा रु दुई लाख ५० हजार र सुनसरीमा रु दुई लाख विपद्मा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप वितरण गरिएको जानकारी दिए ।

विपदमा परी ज्याने गुमाउनेको परिवारलाई रु एक लाख र सोही परिवारको थप सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति रु ५० हजारका दरले थपेर राहत विरण गरिएको उनको भनाइ छ । उनले प्रदेश सरकारले विपद्मा परेका परिवारलाई चामल, दाल, तेल, नुन, बेसार, आलु, ज्याकेट, ब्लाङ्केट, म्याट्रेसलगायत सामग्री राहतस्वरुप वितरण गरेको बताए ।

प्रदेश सरकारले इलाममा पहिरोमा परी ध्वस्त भएका घर निर्माण गर्ने घोषणा गरेको छ । हाल सरकारले जिल्ला प्रशासन इलाममार्फत क्षतिग्रस्त भएका घरको विवरण सङ्कलन गरिरहेको उनले जानकारी दिए । प्रदेशकै सबैभन्दा बढी क्षति भएको जिल्ला इलामलाई विपद् प्रतिकार्य र न्यूनीकरण, राहत विरणका लागि थप रु १० लाख जिल्ला प्रशासनमार्फत पठाइएको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट