२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ : महानिरीक्षक कार्की

शुक्रवार , जेठ २९, २०८३

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बोली, वचन र व्यवहारमा सुधार गरी आफूलाई प्राप्त जिम्मेवारी उच्च व्यवसायिकताका साथ निर्वाह गर्नुपर्ने बताए ।

हालै सरूवा भई आआफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी निरीक्षकहरूलाई आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उनले आआफ्नो क्षेत्रमा देखा पर्नसक्ने सुरक्षा चुनौतीको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने बताए ।

नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही बहन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक कार्कीले सूचना सङ्कलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवं परिचालन गर्नुपर्ने बताए ।

प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थभन्दा साङ्गठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर सङ्गठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै सङ्गठनको साख वृद्धि हुने गरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

सम्पूर्ण प्रहरी कर्मचारीले पारदर्शी, काननुनसम्मत र विभेद्रहित ढङ्गले आआफ्नो जिम्मेवारी बहन गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कटिबद्ध हुन उनले निर्देशन दिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट